रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो

रत्नपार्कमा सब-वेमाथिको अवैध संरचना भत्काइयो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काउन थालेको छ।

भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो । नगर प्रहरीले अहिले भोटाहिटी-रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् । सब-वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।

भत्काउनुअघि व्यापारीलाई समान हटाउन निर्देशन दिइएको थियो ।