जबरामाथिका आरोपबारे बारले महाअभियोग समितिमा पठायो प्रमाण (पूर्णपाठ)

जबरामाथिका आरोपबारे बारले महाअभियोग समितिमा पठायो प्रमाण (पूर्णपाठ)


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाल बार एशोशिएशनले सर्वोच्च अदातका निलम्बित प्रधानन्याधिश चोलेन्द्रशमशेर जबरामाथिको आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारीलगायतको प्रमाण प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बुझाएको छ ।

बार एशोशिएशनकी महासचिव अन्जिता खनालका अनुसार महाअभियोग प्रस्तावलाई पुष्टि गर्न आरोपसँग सम्बन्धित कागजात माग पेस गर्न माग भई आएबमोजिम ती विवरण बुझाइएको हो । बारले बसझाएको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश गरिएको छ । बारले प्रतिवादी इच्छाराज तामाङसहितको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले प्रस्ताव गरेको घुस डिलको अडियोलाई प्रमाणको रूपमा पेश गरेको छ ।

सर्वोच्च अदालतको भवन निर्माणका लागि जबरा आफैँले हस्ताक्षर गरेर दिएको ठेक्का, राणाकै अगुवाई र नेतृत्वमा अन्य बेन्चहरूलाई ‘बेन्च शपिङ’ गरी चरम आर्थिक अनियमितता गराएको उल्लेख छ । त्यस्तै बारले कृष्णमान सिंह पुनरावेदक वादी र हंसमन सिंहको मुद्दा सकार गर्ने प्रकाशमान सिंहसमेत प्रत्यर्थी प्रतिवादी भएको मुद्दाका पक्षहरू तथा प्रधानन्यायाधीश राणा र उनका भाइ प्रभुशमशेर राणाबीच भएको फोनको कल डिटेलसमेत बुझ्न माग गरेको छ ।

साथै मिडियामा प्रकाशित समाचारको लिंक पनि राखिएको छ । महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको छ ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते बयान लिँदैछ ।

हेर्नुहाेस्, बारको ३५ बुदे प्रमाण: