नेपाल र अष्ट्रेलिया परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न 

नेपाल र अष्ट्रेलिया परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न 


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको बैठकमा नेपालको परराष्ट्र सचिव भरतराज पौड्याल र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स सहभागी थिए । 

बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । द्विपक्षीय सहायता बढाउने विषयमा पनि बैठकमा छलफल भएको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ । 

बैठमा नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाको विदेश तथा व्यापार विभागका सचिव जान एडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।