कक्षा १२ को नतिजा आज नआउने

कक्षा १२ को नतिजा आज नआउने


ग्लोब नेपाल
324
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । आजका लागि स्थगित गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो । तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । अध्यक्ष शर्माले भने, ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३र४ घण्टा लाग्छ । आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भयो ।’

सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने अध्यक्ष शर्माले बताए । नेपाल टेलिकमले समेत दुइपटकसम्म नतिजा हेर्नसकिने विधिका बारेमा मोबाइलमा सन्देश पठाएको थियो ।