राष्ट्रपति भण्डारी पशुपतिमा

राष्ट्रपति भण्डारी पशुपतिमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार (आज) हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार साँझ पशुपतिमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना समेत दिइन् ।

राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।