मिखायल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन

मिखायल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन

गोर्भाचोभ मृगौला रोगबाट पीडित


ग्लोब नेपाल
135
Shares

शीत युद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका आठौं तथा अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि सन् १९९१ सम्म सत्ता र शक्तिमा रहेका गोर्भाचोभले तत्कालिन सोभियत संघलाई विश्वका लागि खुल्ला गरेर सुधारको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए ।

उनले सोभियत संघको पतनलाई भने रोक्न सकेनन् । जसबाट आधुनिक रुसको उदय भयो । गोर्भाचोभको निधनमा विश्वभरबाट समवेदना प्रकट गरिएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रसले गोर्भाचोभको निधनप्रति शोक व्यक्त गर्दै विश्वले शान्तिका लागि अथक वकालतकर्ता गुमाएको बताए ।

यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लियन लगायतले गोर्भाचोभको प्रति समवेदना प्रकट गरेका छन् ।

लामो समय देखि विरामी रहेका गोर्भाचोभको के कारणले मृत्यु भयो भन्ने खुलाइएको छैन । गोर्भाचोभ मृगौला रोगबाट पीडित रहेको बताइएको छ ।