२४ घण्टाभित्र फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको ‘अल्टिमेटम’

२४ घण्टाभित्र फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको ‘अल्टिमेटम’


ग्लोब नेपाल
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन पत्राचार गरेको छ ।

बुधबार महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले फनपार्कलाई पत्र लेख्दै महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेका छन् ।

हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो । ‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ’, महानगरको पत्रमा भनिएको छ ।

तोकिएको समयमा नबुझाए फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गरिने महानगरले जनाएको छ ।