काठमाडौँ । न्याय परिषद्ले जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार न्यायाधीश अधिकारीको कार्यक्षमता अभाव भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएपछि सुनुवाइको मौका दिएर बर्खास्तको निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो। तर उनको चालचलन नसुध्रिएको र मुद्दामा आर्थिक चलखेल गरेको सार्वजनिक भएपछि उनलाई पदबाट हटाइएको हो।
प्रतिक्रिया