साउदी अरबमा सामाजिक सञ्जालमा पोष्ट गरेबापत एक महिलालाई ४५ वर्षको जेल सजाय

साउदी अरबमा सामाजिक सञ्जालमा पोष्ट गरेबापत एक महिलालाई ४५ वर्षको जेल सजाय


ग्लोब नेपाल
270
Shares

सामाजिक सञ्जालमा पोस्ट गरे बापत साउदी अरबकी एक महिलालाई ४५ वर्ष जेल सजाय सुनाइएको छ । नोरा बिन्ट सिड अल क्वातानी नाम गरेकी ती महिलालाई आतंकवाद सम्बन्धी अदालतले दोषी ठहर गरेको हो ।

नोरालाई सामाजिक मिडियाको प्रयोग गरी समाजको व्यवस्था र मान्यतालाई खल्बल्याएको आरोप लगाइएको छ । उनले सामाजिक मिडियामा साउदी नेताहरुको आलोचना गरेको बताइएको छ ।

यसअघि अर्की एक महिलालाई पनि टुइटरमार्फत् गतिविधि गरेको आरोप लगाउँदै गत अगस्टमा ३४ वर्ष जेल सजायँ तोकिएको थियो । यी दुबै महिला अन्य कुनै आपराधिक घटनामा संलग्न भएको रेकर्ड छैन ।

खाडी क्षेत्रको अनुसन्धान सम्बन्धी संस्थाले अदालतले आतंकवादसँग सम्बन्धित अदालतले दोषी ठहर गरेपछि यस विषयमा थप अनुसन्धान गरेको हो । अदालतले साइबर अपराध कानुनमार्फत् आतंकवादी गतिविधि गरेको ठहर गरेको जनाइएको छ ।