महानगरको अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३७ हजार कर

महानगरको अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३७ हजार कर


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काठमाडौं महानगरको अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ ।

बिहिबार फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो । फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न सहमत भएको हो।

महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा‍.शिवराज अधिकारीले फनपार्कका अधिकारीले कर बुझाएको जानकारी दिए। उनले मनोरञ्जन करबापत १७ लाख ३७ हजार रुपैयाँ बुझाएको बताए।

यसअघि राजस्व विभागका प्रमुख अधिकारीले नै फनपार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घण्टाभित्र बुझाउन ताकेता गरेका थिए ।