काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ३ जनाको मृत्यु भएको शुक्रबार जानकारी दिएको हो । यस्तै २ हजार ८६९ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
१ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।
२४ घण्टामा ३९८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा ९८ हजार ४४० ले खोप लगाएका छन् ।
प्रतिक्रिया