मावि शिक्षकको नतिजा दशैअघि नै आउने, दशै र तिहारको बीचमा अन्तरर्वार्ता

मावि शिक्षकको नतिजा दशैअघि नै आउने, दशै र तिहारको बीचमा अन्तरर्वार्ता

निमावि लाइसेन्सको नतिजा पनि दशैअघि आउने


ग्लोब नेपाल
54.5k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह खुला तर्फको स्थायी शिक्षकको नतिजा र निम्नमाध्यामिक तहको तह अध्यापन अनुमतिपत्र(लाइसेन्स) परीक्षाको नतिजा दशैअघि नै सार्वजनि गर्ने भएको छ ।

आयोगले गत असारमा सञ्चालन गरेको माध्यामिक तह स्थायी शिक्षको लिखित परीक्षा र गत साउन अन्तिम साता सञ्चालन गरेको निम्नमाध्यामिक तह अध्यापन अनुमतिपत्र(लाइसेन्स) परीक्षाको नतिजा दशैअघि नै सार्वजनिक गर्ने तयारी गरेको आयोगका उपसचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । ‘हामीले अहिले उत्तरपुस्तिका परीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएका छौँ’, सूचना अधिकारी मरहठ्ठाले ग्लोब नेपालसँग भने, ‘सकभर हामी दशैअघि नै माध्यामिक तह शिक्षकको नतिजा र निम्नमाध्यामिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गर्छौ ।’

उनका अनुसार माध्यामिक शिक्षकको नतिजा दशैघि नै प्रकाशित गर्ने र दशै र तिहारकोबीचमा अन्तरवार्ता लिने आयोगको तयारी छ । उनले भने,‘मावि शिक्षकको नतिजा दशैअघि प्रकाशित गरेर दशै र तिहारको बीचमा अन्तरर्वार्ता सञ्चालन गर्ने आयोगको तयारी छ ।’