पश्चाताप

पश्चाताप



पश्चाताप नगर्नू
जून डुब्छ
घाम उदाउँछ
पश्चाताप नगर्नू
याद आउँछ बिर्सिइन्छ ।

जीवन
आफैमा बाटो हो
हिड्दा लडिन्छ
पश्चाताप नगर्नू ।

गन्तव्य भेटिएला
या नभेटिएला
जीवन
आफैमा माटो हो
माटै भएर जानु छ
पश्चाताप नगर्नू ।

हामी यात्री हौं
भेटिन्छौ
छुटिन्छौं
यात्रा
एउटा संयोग हो
रोकिन्छ र सुरु हुन्छ
जहाँ पुग्दा थकाइ लाग्छ
जहाँ पुग्दा बिसाइन्छ
जहाँ पुग्दा साँझ पर्छ
पश्चाताप नगर्नू ।