केन्याविरुद्ध नेपाल १७ रनले विजयी

केन्याविरुद्ध नेपाल १७ रनले विजयी

एकखेल अघि नै जित्यो सिरिज


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपालले केन्यालाई १७ रनले पराजित गर्दै एक खेल अगावै एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै सिरिज एक खेल अगाडी नै २-० ले जितेको हो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछाएको केन्याले ४६.३ ओभरमा अलआउट हुदै २१३ रन मात्र बनाएपछि खेल १७ रनले हारेको थियो । केन्याका लागि राकेप पटेलले सर्बाधिक ८१ रन बनाएका थिए भने कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधिआम्बोले २८ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसी, आदील अन्सारी र पवन सराफले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९।२ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७८ रन बनाएका थिए । त्यस्तै देव खनालले ३७ रन बनाए भने सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसित अहमदले १७, आदील अन्सारीले १४, करण केसीले ११ रन बनाएका थिए । त्यस्तै अर्जुन साउदले ५, दिपेन्द्र सिंह ऐरी र पवन सराफले २/२ रन बनाएका थिए ।

त्यस्तै केन्याका बलरनेहेमीआह ओढीआम्बो, भिराज पटेल र शेम एंगोचेले २/२ विकेट लिएका थिए ।

मतदान गर्न

बाँकी