संसदको आयु लम्ब्याउने विषयमा लिङ्देनको असहमति, सांसद पदबाट राजीनामा दिँदै

संसदको आयु लम्ब्याउने विषयमा लिङ्देनको असहमति, सांसद पदबाट राजीनामा दिँदै


ग्लोब नेपाल
216
Shares

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले अहिलेको प्रतिनिधि सभा (संसद)को आयु मंसिर ४ को चुनावपछिसम्म लैजान लागेपछि असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका साँसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।उनले राजीनामा दिनुअघि आइतवार २ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई अन्तिम सम्बोधन गर्ने भएका छन्। लिङ्देनले आज सदनमा बोलेर राजीनामा दिने र अबदेखिका बैठकमा सहभागी नहुने बताए ।

‘निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्ने हो । यो सरकारले निष्पक्ष चुनाव गर्ने ग्यारेन्टी छैन’, लिङ्देनले भने,‘त्यसमाथि संसदको म्याद फागुनसम्म लैजानेगरी जसरी कानून नै संशोधन गर्न खोजिदैछ त्यो निर्लज्ज कुरा हो । मैले एक्लै रोक्न सक्दिन,त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’

यता, संविधानविदहरुले पनि प्रतिनिधि सभालाई मंसिर ४ भन्दा पछि लैजानु गैरकानुनी र संविधानविपरीत हुने कुरा बताउदै आइरहेका छन् ।