शुक्रबारको सेयर कारोबार असोजदेखि बन्द हुने

शुक्रबारको सेयर कारोबार असोजदेखि बन्द हुने


ग्लोब नेपाल
243
Shares

काठमाडौं । विश्वमै ६ दिन कारोबार गरेर नयाँ प्रयोग गरिएको सेयर कारोबार असोजदेखि पुनः ५ दिनमा झारिने भएको छ ।

गत असार ३ गतेदेखि शुक्रबार पनि कारोबार हुँदै आएको थियो । अन्य देशमा पनि ५ दिनमात्रै कारोबार हुने गरेको छ । आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताए ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको उनले जानकारी दिए ।

अब असोजदेखि आइतबार–बिहीबारसम्म ११ देखि ३ बजेसम्म मात्रै सेयर कारोबार हुने भएको छ ।लगानीकर्ताले यसअघि शुक्रबार पनि कारोबारको माग गरेका थिए । तर, अहिले लगानीकर्ता, नियामक निकायको सुझाव र नेप्सेको सुधारका लागि भन्दै शुक्रबारको कारोबार बन्द गर्न लागिएको हो ।