एनआईसी एसियाको चाडपर्व छठ अफरः मोबाइल बैंकिङबाट निःशुल्क पैसा पठाउन मिल्ने

एनआईसी एसियाको चाडपर्व छठ अफरः मोबाइल बैंकिङबाट निःशुल्क पैसा पठाउन मिल्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा चाडपर्व लक्षित अफरहरु ल्याएको छ ।

बैकले यस पटकको बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स (पैसा) पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ।

बैंकले यही भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुने गरी नयाँ योजना ल्याएको हो। बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्। सेल्फ हेल्प बैंकिङ्गको अवधारणाअनुरुप एनआईसी एसिया मोब्यांकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहक महानुभावहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जनाएको छ।

योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एसिया मोब्यांकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्। यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एसिया मोब्यांकभित्र रहेको आईरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

यसरी दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिनेछ। यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ। डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।