२६ भदौदेखि नयाँ नोट सटहीको सुविधा, २९ गतेदेखि सर्वसाधारणले पाउने

२६ भदौदेखि नयाँ नोट सटहीको सुविधा, २९ गतेदेखि सर्वसाधारणले पाउने


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैकले यस वर्षको दसैँ, तिहार र छठ लगाएका चाडपर्वका लागि भदौ २६ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको नेपाल राष्ट्र बैकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिइने नेपालले बताए ।

चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि पब्लिक (सर्वसाधारण) बाट नयाँ नोटको माग धेरै आउने गरेको राष्ट्र बैकको भनाइ छ ।

राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने नेपालले बताए ।