पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । नियम पालना गराउँदा मन्त्रीले शक्तिको आडमा गुरुङलाई थुनाउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । निरन्तर आलोचनापछि गृहमन्त्री खाँणले थुनामुक्त गर्न निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।