मावि शिक्षक लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता २५ र २६ असोजमा

मावि शिक्षक लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता २५ र २६ असोजमा


ग्लोब नेपाल
6.3k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१ को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्‍मका उम्‍मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान ८ बजे हुने छ ।

यस्तै मधेश प्रदेशका (क्र.स.११ देखि माथिका सबै) उम्‍मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्‍मेदवार तथा बागमती प्रदेश ९क्र।सं।२६ देखिमाथि सबै उम्‍मेदवार०को अन्तर्वार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।

यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्‍मका उम्‍मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूर पश्‍चिम प्रदेशका सबै उम्‍मेदवारहरुको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।

हेर्नुहोस नतिजा: