पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने

पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष जेल सजाय गरेको छ । बाल यौन दुरुपयोगको कसुरमा फैसला गरेका शाहलाई साढे दुई वर्ष जेल सजाय तोकेको हो । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बहसपछि उक्त फैसला गरेका हुन् ।

अभिनेता शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् ।

शाह निर्दोष भएको दाबी गर्दै उनका पक्षबाट बहस गरेका अधिवक्ताले किशोरीले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको बयान दिएकाले उनलाई थुनामा राख्न नहुने जिकिर गरेका थिए ।