१२ करोडको लागूऔषधसहित २ अफगान नागरिक पक्राउ

१२ करोडको लागूऔषधसहित २ अफगान नागरिक पक्राउ



नयाँ दिल्ली । दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ । करिब १२ करोड रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागूऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ । त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ ।

आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको हो । सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठुलो मात्रा दिल्लीमा ल्याइने भएको सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ ।

एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले इन्स्पेक्टर विनोदकुमार बडोला र इन्स्पेक्टर अरविन्दकुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरेका हुन् ।

दुई अफगानी नागरिकलाई पक्राउ गर्दै अन्तराष्ट्रिय सिंथेटिक लागूऔषध कारोबारीको पर्दाफाश गरिएको प्रहरीको दाबी छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

मतदान गर्न

बाँकी