ओखलढुंगा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा को-को भए सिफारिस ?

ओखलढुंगा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा को-को भए सिफारिस ?


ग्लोब नेपाल
18.4k
Shares

ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगा नेकपा एमालेले उम्मेदवारहरु सिफारिस गरेको छ । तीनदिनदेखि बसेको निर्वाचन क्षेत्र र जिल्ला कमिटी बैठकले संघीय प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्ष तर्फ अम्बिरबाबु गुरुङ, किशोर अधिकारी र यज्ञराज सुनुवारको नाम सिफारिस भएको एमाले जिल्ला अध्यक्ष शंकर कट्वालले जानकारी दिएका छन् ।

को-को भए सिफारिस ?

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ

१) अम्बिरबाबु गुरुङ
२) किशोर अधिकारी
३) यज्ञराज सुनुवार

प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ -:

१) शकुन्तला राजभण्डारी – महिला खुल्ला
२) चम्पा राई -जनजाती महिला
३) ओम दयाल बिश्वकर्मा – दलित

प्रदेश सभातर्फ -:

(क) निर्वाचन क्षेत्र क

प्रत्यक्ष तर्फ-:

१) मोहनकुमार श्रेष्ठ
२) शंकर कट्वाल
३) हर्कबोल राई

समानुपातिक तर्फ-:

१) बलबहादुर परियार – दलित
२) मणिराज राई (वाहिङ) – अल्पसंख्यक/जनजाती
३) पशुपति गुरुङ – महिला (जनजाति)

(ख) निर्वाचन क्षेत्र ख -:

प्रत्यक्ष तर्फ-

१) नानिबाबु बुढाथोकी
२) ज्ञानबहादुर खड्का (जिबी)

समानुपातिक तर्फ -:

१) शान्ता ढुङ्गेल -खुल्ला महिला
२) प्रेमप्रसाद भट्टराई – खुल्ला