सार्वजनिक यातायातलाई दसैंमा देशभर रुट पर्मिट खुला

सार्वजनिक यातायातलाई दसैंमा देशभर रुट पर्मिट खुला


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । यस वर्षको दसैं, तिहार लगाएतका चाड पर्वमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ।

दसैं तथा तिहारका लागि घर जनो यात्रुहरुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला गर्ने निर्णय गरेको हो ।

बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीचसहति बसेको बैठकले उक्त निर्णय गरेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

घटस्थापनाको दिन अर्थात् असोज १० गतेदेखि पूर्णिमाका दिन अर्थात् २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट जरुरत पर्ने छैन । यद्यपि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहनेछ ।

त्यस्तै असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।