सेना र प्रहरीसहित १० सरकारी कार्यालयलाई कर तिर्न काठमाडौं महानगरको पत्र

सेना र प्रहरीसहित १० सरकारी कार्यालयलाई कर तिर्न काठमाडौं महानगरको पत्र


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले  नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।

महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता गरिएको छ । 

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् । अन्यथा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

हेर्नुहाेस् पत्र: