बेलायती महारानी एलिजावेथ चिकित्सकको उच्च निगरानीमा

बेलायती महारानी एलिजावेथ चिकित्सकको उच्च निगरानीमा



लन्डन । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ । बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र असहज रहेको बताएको छ ।

९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बारमोरलमै बोलाएर सपथ खुवाएकी थिइन् । एलिजावेथको स्वास्थ्यमा समस्या देखिएपछि राजकुमार चार्ल्सल बालमोरलमा पुगेका छन् ।

महारानीको स्वास्थ्यबारे एकदमै चिन्ता गरिएको छ । यो चिन्ता पहिलेभन्दा अझ बढेको छ । तर, महारानीलाई हिडडूलमा समस्या भएको छ भनेर यसपटक भनिएको छैन ।

तर बाहिर अफवाह जुन हिसाबले चलेको छ, त्यो एकदमै नराम्रो छ । गत मंगलबार महारानी आफ्नै खुट्टामा उभिएर नयाँ प्रधानमन्त्री नियुक्त गरेर मुस्कुराइरहेको तस्बिर संसारभरि फैलिएको थियो । तर वरिष्ठ मन्त्रीसहितको प्रिवि काउन्सिलको भर्चुअल बैठक अन्तिम समयमा रद्द गरिएको थियो । यसको अर्थ महारानीको स्वास्थ्य कमजोर छ भन्ने कुरामा कुनै शंका छैन ।

प्रधानमन्त्री लिज ट्रसले भनिन् ‘सम्पूर्ण देशवासीलाई यो समाचारले गहन चिन्तामा डुबाएको छ । उनले भनिन्, ‘म र हाम्रो संयुक्त अधिराज्यका सम्पूर्ण नागरिक यसबेला महारानी र उनको परिवारको साथमा छौं ।

महारानीले मंगलबार लिज ट्रसलाई बालमोरामै प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । आफ्नो ७० वर्षको शासनकालको इतिहासमा देशको नयाँ प्रधानमन्त्री बकिङ्घ प्यालेसमा नै नियुक्त गरेकी थिइन् ।

मतदान गर्न

बाँकी