दोलखा । नेपाली कांग्रेस दोलखाले प्रदेश सभा ‘क’ मा प्रत्यक्ष तर्फ प्रदेश सभापतिको नाम सिफारीस गरेको छ । दोलखा कांग्रेसको नजरमा ‘भोट बैंक’को रुपमा हेरिएको बैतेश्वर गाउँपालिकाका स्थानीय समेत रहेका सभापति तामाङ जनता माझमा समेत लोकप्रिय नेता हुन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा जसले टिकट पाएपनि प्रदेशमा तामाङले टिकट पाएको खण्डमा निर्वाचन जित्न सहज हुने गठबन्धनका तर्फका नेताहरुको आंकलन छ ।
स्थानीय तहमा विना गठबन्धन पार्टी निर्वाचनमा होमिदा पार्टी विजयी गराउन सफल भएका रोलमोडल सभापति तामाङलाई पछाडि नहट्न कार्यकर्ताले दवाव दिइरहेको बुझिएको छ ।
प्रदेश सभाका लागि विगत तीन वर्षदेखि नै आफ्नो तयारी रहेकोले टिकट पाए निर्वाचनमा विजयी भएर देखाउने उनले बताए । कांग्रेस निकट भातृसंगठनबाट आफ्नो राजनीति शुरु गरेका तामाङ लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन् । कांग्रेस कार्यकर्ता भएकै कारण उनलाई तत्कालिन माओवादीले क्रुर यातना दिएको थियो ।
त्यतिखेर भागेर ज्यान जोगाएका सभापति तामाङलाई आगामी मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनाउन दोलखाली कांग्रेस कार्यकर्ताहरु नेतृत्वलाई घचघच्याई रहेका छन् ।


प्रतिक्रिया