काठमाडौं । न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले दमन गरेको छ ।
झण्डै २ महिनादेखि तराईका विभिन्न स्थानदेखि आएर मिटरब्याजपीडितहरू अस्थायी बसोबासस्थल बनाएर काठमाडौँमा न्याय मागिरहेका छन् । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४१ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा प्रहरी उनीहरुमाथि जाइलागेको हो ।
प्रहरीको कुटाईबाट ४-५ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी घेराबन्दीमा राखेपनि उनीहरुले सरकारसामु न्यायको माग गर्दै नाराबाजी गर्न भने छाडेका छैनन् । प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन्।
प्रतिक्रिया