सांघाई सहयोग बैठकमा पुटिन र मोदीबीच के विषयमा छलफल भयो ?

सांघाई सहयोग बैठकमा पुटिन र मोदीबीच के विषयमा छलफल भयो ?



मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको छेउमा भएको वार्तामा युक्रेन युद्धलगायत समसामयिक विषयमा छलफल भएको रुसी प्रशासन केन्द्र केमलिनले जनाएको छ ।

उज्बेकिस्तानमा भएको क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनको छेउमा शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई भने, ‘ मलाई थाहा छ कि आजको युग युद्धको युग होइन र मैले तपाईसँग यस बारे टेलिफोनमा छलफल गरेको छु’,उनले लोकतन्त्र, कूटनीति र संवादले विश्वलाई एकताबद्ध बनाएको बताए ।

जबाफमा पुटिनले युक्रेनले वार्ता अस्विकार गरेको र आफ्नो उदेश्य ‘युद्ध मैदानमा ’ प्राप्त गर्न चाहेको बताएका थिए । उनले मोदीलाई भने, ‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको स्थिति थाहा छ । तपाईंहरूले निरन्तर व्यक्त गर्नुभएको चिन्ताको बारेमा मलाई थाहा छ।’

सो अवसरमा रुसी राष्ट्रपति पुटिनले मोदीलाई युक्रेन द्वन्द्व बारेमा नयाँ दिल्लीको चासो बुझेको र यसलाई जति सक्दो चाँडो अन्त्य गर्न चाहेको बताएका थिए

घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा अग्रता दिलाएका थिए । यस्तै, ४१औं मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे । यसै सिजन बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी गरेको यो ११औं गोल हो ।

बार्सिलोना यो सिजन घरेलु लिगमा अझै अपराजित छ । जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो । यद्यपि, एक अंकले मात्र दोस्रो स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।