काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको लोस्रो हाफमा घरेलु टोली नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा गोल गरेको हो ।
खेलको ६९ औं मिनेटमा नेपालका लागि अनिता बस्नेतले सटिक गोल गरिन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरिरहेको अनिताले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् ।
प्रतिक्रिया