साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता

साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता


ग्लोब नेपाल
81
Shares

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

नेपालले पहिलोपटक महिला साफ च्याम्पियनसीपको उपाधि जित्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।

बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन ।

नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् ।यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।