सिरियामा डुंगा दुर्घटना हुँदा ७७ बढी आप्रवासीको मृत्यु

सिरियामा डुंगा दुर्घटना हुँदा ७७ बढी आप्रवासीको मृत्यु



सिरियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी ७७ जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको सिरियाली सरकारी संचार माध्यमले जनाएको छ ।

दुर्घटनापछि जिवितै उद्दार गरिएका २० जनाको सिरियाली शहर टार्टसमा उपचार भइरहेको जनाइएको छ । अधिकारीहरुका अनुसार डुंगामा लेबनानी,सिरियाली र प्यालेस्टाइनी नागरिक रहेका थिए । डुंगामा महिला,बालबालिका सहित १ सय २० जना देखि १ सय ५० जना रहेको अनुमान गरिएको छ ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । डुंगा डुब्दा समुद्रमा डुबेकाहरुको खोज तथा उद्दार कार्य अझै पनि जारी छ । डुंगा लेबनानी बन्दरगाह सहर त्रिपोली नजिकैको सहर मिन्येहबाट साइप्रसका लागि प्रस्थान गरेको अधिकारीहरुले जनाएका छन् ।