काठमाडौं । सरकारले आजबाट चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला गरेको छ । दसैँंको पूर्णिमासम्मका लागि यात्रुहरू आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनेर रुट परमिट खुला गरिएको हो ।
यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ । दसैँका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट लाखौंको सङ्ख्यामा यात्रुहरू बाहिरिने गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए । यस्तै विभागले असोज १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया