बंगलादेशविरुद्ध नेपाललाई ३-० को अग्रता

बंगलादेशविरुद्ध नेपाललाई ३-० को अग्रता


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ३-० गोलको अग्रता बनाएको छ । फरवर्ड अन्जन विष्टको हया्ट्रिकमा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालले ३-० को अग्रता बनाएको हो ।

१८ औँ मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता बनाएको हो। विमल घर्तिमगरको फ्रिकीकमा अन्जनले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। खेलको २७ औँ मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। तेज तामाङको प्रहार विपक्षी गोलरक्षक पन्च गर्दै रोकेपछि आएको रिबाउण्ड बलमा अन्जनले गोल गरे। ३८ औँ मिनेटमा अन्जनले ह्याटिक पुरा गरे।

नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको हो । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ ।

बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।