सल्यानमा जीप दुर्घटना: मृतक ८ जनाको सनाखत

सल्यानमा जीप दुर्घटना: मृतक ८ जनाको सनाखत

अधिकांश कपुरकोट-६ का स्थानीय


ग्लोब नेपाल
648
Shares

सल्यान । सल्यानमा भएको जीप दुर्घटनामा हुँदा ८ जनाको मुत्यु भएको छ । राप्ती राजमार्गको कपुरकोट ३ मुलपानीमा रा १ ज ५६३ नम्वर जीप विहान भएको दुर्घटनामा ९ जनामध्ये १ जना महिला ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट-६ का स्थानीयहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । सडक दुर्घटना परी मुत्यू हुनेमा कपुरकोट गा.पा.६ जलबाँङग का २१ वर्षका जितबहादुर बोहोरा, ३७ वर्षका धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली निजकै छोरा ११ वर्षका बसन्त ओली रहेका छन् । यस्तै ३० वर्षका सुरेश खत्री, ७० वर्षिय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ को ललित ओली रहेका छन् ।

बाँकेको ढकेरीबाट बिहेबाट कपुरकोट ६ रीम फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको हुन् । जीप राप्ती राजमार्गमा अनियन्त्रित भएर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख दामोदर केसी सहित २२ प्रहरी लगायत स्थानीय उद्धारमा खटिएका छन् । घटनास्थल सल्यान सदरमुकाम खलंगावाट अन्दाजी ४० कि.मी.पुर्बमा पर्दछ । दुर्घटना परेकाहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भैरहेको सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिए ।