आइतबारदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६ दिन डेंगी परीक्षण नहुने

आइतबारदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६ दिन डेंगी परीक्षण नहुने


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगीको बिरामी बढिरहेका बेला आइतबारदेखि असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको छ । तर, कोभिड-१९ को परीक्षण भने दसै बिदाको दिन गरिने भएको छ ।

इमरजेन्सी टेष्ट नभएकाले डेंगी परीक्षण बन्द गरिएको जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले बताए । उनले भने, ‘डेंगीको क्लिनिकलगायत अस्पताल पनि टेष्ट हुन्छ ।’ प्रयोगशालामा एक पटक परीक्षण गर्न ८ सय रुपैयाँ शुल्क लाग्छ भने क्लिनिकमा एक हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको छ ।

प्रयोगशालाका कर्मचारीहरुले डेंगी प्रकोप बढिरहेका परीक्षण जारी राख्नुपर्ने बताएका छन् । उनीहरुका अनुसार डेंगी परीक्षण गर्न एक जना कर्मचारी खटाए पुग्छ । ‘डिउटी मिलाएर राख्न सकिन्थ्यो,’ उनले भने, ‘तर, बेवास्ता गरियो ।’

डेंगीका बिरामी २८ हजार नाघिसकेका छन् भने मृत्यु संख्या ३८ पुगिसकेको छ । सबभन्दा बढी काठमाडौंमा झन्डै १० हजार पुगिसकेको छ ।