चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो

चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् ।

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ, स्रोतले भन्यो ।

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसवारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।

उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन ।