गगन थापाले काठमाडौं -४ बाट उम्मेदवारी दिने

गगन थापाले काठमाडौं -४ बाट उम्मेदवारी दिने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिँदै छन् । महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन् । २०६४ सालमा समानुपातिकबाट सांसद बनेका थापा २०७० र २०७४ मा काठमाडौँ –४ बाटै निर्वाचित भएका थिए।