मोरङमा शेखर, सुजाता र गुरुराजसहित अरु को-को बने कांग्रेस उम्मेदवार ?

मोरङमा शेखर, सुजाता र गुरुराजसहित अरु को-को बने कांग्रेस उम्मेदवार ?


ग्लोब नेपाल
4.3k
Shares

मोरङ । मोरङमा कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेश सभा तर्फको उम्मेदवार टुंगो लगाएको छ । जसमा कांग्रेसले मोरङ क्षेत्र नम्बर १ बाट डिगबहादुर लिम्बु, क्षेत्र नम्बर २ बाट सुजाता कोइराला, क्षेत्र नम्बर ३ मा शुनिल शर्मा र क्षेत्र नम्बर ६ मा डा शेखर कोइरालाको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टुंगो लगाएको छ। यस्तै प्रदेश सभा सदस्यतर्फ मोरङबाट प्रतिनिधिसभामा सिफारिस भएका केन्द्रीय सदस्यहरू अमृत अर्याल र भीम पराजुलीले टिकट पाएका छन्।

केन्द्रीय सदस्य अमृत अर्यालले मोरङ क्षेत्र नम्बर ५ को प्रदेश (ख)मा टिकट पाएका छन्। यस्तै केन्द्रीय सदस्य भीम पराजुलीले मोरङ क्षेत्र नम्बर ४ (ख)मा टिकट पाएका छन्। यस्तै गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ को (क)बाट प्रदेशसभा सदस्यमा टिकट पाएका छन्। यस्तै क्षेत्र नम्बर ५ को (क)बाट प्रदेशसभा सदस्यमा गयानन्द मण्डल, क्षेत्रनम्बर २ को प्रदेशसभा (ख)मा विनोद कार्की, क्षेत्रनम्बर ३ को प्रदेशसभा (क)मा वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाले टिकट पाएका छन्। क्षेत्र नम्बर ६ को प्रदेशसभा (ख)मा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले टिकट पाएका छन्। प्रतिनिधिसभा तर्फ मोरङको क्षेत्र नम्बर ४ र ५ नेकपा माओवादीको भागमा परेको छ।

यस्तै मोरङको क्षेत्र नम्बर १ को प्रदेश सभातर्फको (क) नेकपा माओवादी, (ख) नेकपा एस्, क्षेत्र नम्बर २ को प्रदेशसभा (क) नेकपा माओवादी, क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) नेकपा एस्, क्षेत्रनम्बर ६ को प्रदेशसभा (क) नेकपा मााओवादीको भागमा परेको छ।