मोरङ क्षेत्र नं. ६ बाट डा. कोइराला र प्रदेशमा कार्कीको उम्मेदवारी

मोरङ क्षेत्र नं. ६ बाट डा. कोइराला र प्रदेशमा कार्कीको उम्मेदवारी


ग्लोब नेपाल
2.8k
Shares

विराटनगर । मोरङ क्षेत्र नं ६ मा नेपाली काङ्ग्रेससहितको गठबन्धनका उम्मेदवार डा. शेखर कोइराला र प्रदेश ‘ख’ बाट युवा नेता केदार कार्कीले उम्मेदवार मनोनय दर्ता गराएका छन् । उक्त क्षेत्रबाट एमालेले यसपटक पनि लालबाबु पण्डितलाई उम्मेदवार बनाएकाे छ ।

अघिल्लो चुनावमा पनि पण्डित र कोइरालाबीच प्रतिष्पर्धा भएको थियो । अघिल्लो पटक पण्डित वाम गठबन्धनबाट उठेका थिए । झिनो मतअन्तरले कोइराला पराजित बनेका थिए । तर प्रदेश (ख) बाट कार्की विजयी भएका थिए ।

कोइरालाको मनोनयन दर्तामा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी पनि उपस्थित थिए ।