नेपालले भारतलाई बिजुली बेचेर ७ अर्बभन्दा बढी रकम आर्जन गर्यो

नेपालले भारतलाई बिजुली बेचेर ७ अर्बभन्दा बढी रकम आर्जन गर्यो


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतलाई विद्युत बेचेर नेपालले ७ अर्बभन्दा बढी रकम आर्जन गरेको बताएको छ । देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत गएको जेठ १९ गतेदेखि निर्यात सुरु गरेकामा असोज २५ गतेसम्म १ अर्ब ३० लाख युनिट निर्यात भएको प्राधिकरणले जनाएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरी ४ अर्ब ९५ करोड ७६ लाख भारतीय रुपैयाँ अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको नेपाली रकम भित्रिएको हो । विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु नेपालको लागि ठूलो उपलब्धी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।