काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारीमाथि परेको उजुरीको छानविन गरेको हो । चौधरी बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । टीकापुर हत्याकाण्डका प्रमुख दोषी ठहर भएका चौधरी डिल्ली बजार कारागारमा छन् । उनी पाँच वर्षदेखि जेलजीवन भोगिरहेका छन् ।
टीकापुर काण्डपछि फरार रहेकै बेला चौधरीले कैलाली १ बाट उम्मेदवारी दिएपछि विजयी भएका थिए । आयोगले फौजदारी कसुर पुष्टि भएर जेल जीवन भोगेका व्यक्ति उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था अनुसार चौधरीको उम्मेदवारी खारेज भएको प्रष्ट पारेको छ ।
प्रतिक्रिया