यस वर्षको एसईई चैत दोस्रो साता, नतिजा २०८० असारमा

यस वर्षको एसईई चैत दोस्रो साता, नतिजा २०८० असारमा


ग्लोब नेपाल
297
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो । कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण ९कक्षा १० को परीक्षाको लागि० कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गराउनुपर्नेछ ।

त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउनेछ ।