भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी

भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी


ग्लोब नेपाल
189
Shares

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खर्गे विजयी भएका छन् । सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशी थरुर र खार्गेबीच प्रतिष्प्रर्धा भएको थियो । पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो ।

कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए । खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैबीच, निर्वाचनमा धाँधली भएको थरुरले आरोप लगाएका छन् ।