गठबन्धनको उम्मेदवार जिताउन महिला संघको समितिमा को–को ?

गठबन्धनको उम्मेदवार जिताउन महिला संघको समितिमा को–को ?


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

महिला संघद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन देशभरि महिला संघका प्रतिनिधिहरू खटिनेछन् । उनीहरूले सत्तागठबन्धनका लागि मत माग्ने विज्ञप्तिमा उल्लेख छ ।

महिला संघकी सभापति उषाकुमारी रावत मिश्रले १४८ जना नेतृहरूलाई समितिमा राखेकी छिन् । सभापति रावतले परिचालन समितिमा मनोनीत सम्पूर्ण सदस्यहरूले आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्रमा कार्य शुरु गर्न र निर्वाचन सम्पन्न भएपछि जिल्ला तथा क्षेत्रीयमा कार्य विवरण प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छिन् ।