दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र


ग्लोब नेपाल
162
Shares

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोधेको छ । 

फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले लिखित स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र बोर्डले सोधेको प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्रसमेत काटेको हो । बिहीबार निर्माताले दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई पुन: सम्पादनसहित रिलिज गरिएको जानकारी दिएका थिए ।

दिपेन्द्र लामाद्धारा निर्देशित चलचित्र तेस्रो सातामा लाग्नु अघि दृश्यहरुमा केही फरबदल गरेर पुन: चलचित्र चलाउने निर्णय गरेको थियो । चलचित्र दुई नम्बरी ब्लकवस्टर हिट भएको निर्देशक लामाले बताउँदै आएका छन । 

चलचित्रले नाफा कमाए पछि निमार्ण पक्षले प्रावधिकहरुलाई केही रकम सहयोग गर्ने सार्वजनिक गरेको थियो ।