काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गरेको छ।
आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै अयोग्य घोषणा गरेको हो ।प्रमुख निर्वाचन आयुक्तसहित पाँच जनाको इजलासले उक्त मुद्दामा खानलाई.पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो।
यस्तो उपहार खानले सरकार प्रमुखको रुपमा विदेशी राष्ट्रहरूबाट प्राप्त गरेका थिए । खानले आफ्नो वार्षिक सम्पत्ति आयोगमा बुझाउँदा आम्दानीको मुख्य स्रोत नखुलाएको बताइएको छ ।
पाकिस्तानी कानुन अनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ । २०२२ अगस्टमा संसद्का सभामुख राज पेरभाइज असरफले निर्वाचन आयोग समक्ष उपहार मामिलामा खानलाई आयोग्य घोषणा गर्न माग गरेका थिए ।
प्रतिक्रिया