दार्चुला। पहिलो र दोस्रो संविधानसभा निर्वाचनका प्रतिष्पर्धी काँग्रेस नेता एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र एमाले नेता गणेश ठगुन्ना फेरि प्रतिस्पर्धामा छन्। दोस्रो संविधानसभा निर्वाचनमा ठगुन्नासँग पराजित नेता बडू यस पटक सहजपुरमा जित निकाल्ने रणनीतिका साथ अगाडि बढेका छन्।
‘मेरो संकल्पः यैपाली रुख, इसैपाली विकास’ भन्दै बडू यस पटक चुनावी प्रतिस्पर्धामा छन् । क्रियाशीलता, समय र उमेरका कारण पनि यो चुनावलाई अन्तिम तर निर्णायक चुनावका रूपमा हेरेका नेता बडूले सोहीअनुसार जितका लागि रणनीति बनाएका छन्। अहिलेको राजनीतिक वातावरण पनि मन्त्री बडूका लागि अनुकूल बन्दै गएको छ ।
पहिलो संविधानसभाको माहौल नै फरक थियो। दोस्रो संविधानसभामा पार्टीभित्रको आन्तरिक कारण र २०७४ मा वाम गठबन्धन र अरू कारणले काँग्रेसका लागि प्रतिकूल अवस्था रहे पनि अहिले माओवादी र एमालेबाट विभाजित एकीकृत समाजवादीसमेत साथमा भएकोले बडू जितका लागि ढुक्कजस्तै छन्। यसका साथै विकास कार्यमा आफ्नो क्रियाशीलता पनि जितका लागि बलियो आधार भएको नेता बडूको भनाई छ।
‘२०६४ यता जनताले अरूलाई नै अवसर दिए। तर सुसंस्कृत राजनीति, जिल्लाको विकास र जनपक्षीय काम गर्न कुशल नेतृत्वको अभाव खड्किरह्यो। यो कुरा जनताले महसुस गरिसकेका छन्’ नेता बडूले भने, ‘अवसर पाएको बेला मैले इमानदारितापूर्वक सदुपयोग गरेको छु। संसद्, सरकार वा भूमिकामा हुँदा होस् या नहुँदा पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्लाको हितका पक्षमा काम गरेको छु।’
यस्ताे छ नेता बडुकाे भनाइ:
‘मेरो संकल्पः यैपाली रुख, इसैपाली विकास’
राजनीतिमा युवापुस्ताको जबरजस्त उपस्थिति, पुस्तान्तरणका लागि उठिरहेको आवाज, बदलिँदो समय र बढ्दो जनचाहनाका हिसाबले पनि म युवापुस्ता ‘ग्रुम’ गर्ने पक्षमा छु । यसर्थ मेरो उमेरको हिसाबले पनि मैले अन्तिम पटक जनतामा जाने चाहना गरेको थिए ।
जिल्लाका नेता तथा कार्यकर्ताको आग्रहमा दार्चुलामा नेपाली काँग्रेसलाई फेरि पुरानै अवस्थामा फर्काउन उपयुक्त पात्र ठानेर मलाई सिफारिस गर्यो र मेरो पार्टीले उम्मेदवार बनाएको छ । मेरो उम्मेदवारीलाई अरू पार्टीका साथीहरूले पनि स्वाभाविक रूपमा स्विकार्नुभएको छ।
मेरा लागि यो चुनाव अन्तिमजस्तै हो । त्यसैले यैपाली रुख, इसैपाली विकास भन्ने संकल्पसहित चुनावी प्रतिस्पर्धामा होमिएको छु। २०५६ पछि ९२०६३ पुनर्स्थापित संसदमा थिए० मैले प्रत्यक्षतर्फबाट दार्चुलाको प्रतिनिधित्व गर्न पाएन । यद्यपि २०७४ मा पार्टीले मलाई समानुपातिकबाट सांसद बनायो ।
अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा छु। अवसर पाएको बेला मैले देश र विशेष गरी दार्चुलाका जनतालाई घात गरेको छैन। त्यसको भरपूर सदुपयोग गर्दै जिल्लाको विकासका लागि सडक पूर्वाधार, पुलपुलेसा, विद्यालय भवन, खानेपानी, खाद्य सुरक्षा, उबचगबत्बतल त्यहाँको प्राकृतिक श्रोतको उपयोग, साना, मझौला तथा घरेलु उद्योगको प्रवर्द्धनलगायतका क्षेत्रमा काम गरेको छु ।
यद्यपि यो पर्याप्त छैन। त्यसैले यो बीचमा गर्न नसकेका र अधुरा रहेका योजना कार्यान्वयन गर्न ‘समृद्ध दार्चुला’ का लागि पाँच वर्षे मार्गचित्र बनाएको छु । त्यो संकल्प पूरा गरेर मात्रै विश्राम लिने योजना बनाएको छु ।
दार्चुलाको माटो, यहाँका जनता र मेरो पार्टीले मलाई गरेको विश्वासलाई मैले कहिल्यै घात गरिन । यहाँका जनता, नेता कार्यकर्ताको माग पनि तपाई एक पटक फेरि यहाँबाट चुनाव लड्नुस् भन्ने थियो। त्यही भएर जनताको माझमा आएको छु।
जिल्लामा मैले गरेको विकास, आगामी विकासको मार्गचित्र, मेरो सक्रियता, साथीहरूको विश्वास, आम दार्चुलावासी दाजुभाइ तथा दिदीबहिनीहरूको सद्भाव र माया नै मेरो जितका लागि सबैभन्दा बलियो आधार हुन् ।
संगठित काँग्रेस
निर्वाचनमा हार र जित स्वाभाविक पक्ष हुन् । संविधानसभाको निर्वाचनअघि भएका निर्वाचनमा हामीले एक पटक हार्यौ, २ पटक जित्यौ । तर संविधानसभा र पछिल्लो आम निर्वाचनमा हार बेहोर्यौ। नेपाली काँग्रेसले हार्यो तर त्यसको बदलामा जनताले के पाए रु यो बीचमा जित्ने पार्टी र साथीहरूले हामीले भन्दा बढी र फरक के गरे रु म बहस गर्न तयार छु । हामीले जे जति कारणले हार्यौ, त्यो हारले न यहाँका नेता कार्यकर्ताको जित भयो न जनताको ।
हाम्रो हारमा पार्टी संगठन, संगठनभित्रको बेमेल र उम्मेदवारका कमजोरी पनि होलान् । २०७४ सालको स्थानीय तह निर्वाचनमा केन्द्रमा हारे पनि जिल्लामा एक्लै बहुमत पालिका (नौमध्ये पाँच) जित्यौ । तर गत स्थानीय तहमा गठबन्धन हुँदा पनि प्रमुख पदमा सबै ठाउँमा हार्यौ । संगठनको हिसाबले दार्चुलामा हामी कहिल्यै कमजोर होइनौँ । तर सांगठनिक रूपमा केही प्राविधिक पक्ष मिलाउन नसक्दा हामीले हार्नु पर्यो ।
यो हारले हामी सबै नेता कार्यकर्तालाई ठूलो पाठ सिकाएको छ। पार्टीको आन्तरिक निर्वाचनमा पक्ष—विपक्ष भनौला तर अरूसँगको प्रतिस्पर्धामा व्यक्ति होइन काँग्रेस र चुनाव चिन्ह रुख मात्रै हेर्नुपर्छ भन्ने सिकाई हामी सबैलाई भएको छ ।
केन्द्रमा होस् या प्रदेशमा, स्थानीय तहमा होस् या अरू ठाउँमा आफ्नो पार्टी र आफू पक्षधर जनपक्षीय नेता तथा प्रतिनिधि नहुँदाको पीडा यहाँ बस्ने हरेक नेता कार्यकर्ता र जनताले महसुस गरिसकेका छन्।
त्यसैले विगतमा भएका हारलाई जितमा परिणत गर्न सबैमा संगठित चेतको विकास भएको छ। अहिले हामी मन र मत दुबै जोड्नका लागि एक ढिक्का छौँ।
यही कारण यहाँका जनता र पार्टी समर्थकहरूको आग्रहमा गठबन्धनको समर्थनमा म र विक्रम धामी जनताको बीचमा आएका छौ । यही संगठित चेत नै हाम्रो अर्को बलियो आधार हो।
अग्रगामी शक्तिहरूको गठबन्धन
२०७४ सालको निर्वाचनमा एमाले नेतृत्वको गठबन्धनले संसदमा करिब २ तिहाइ जितेर सरकार बनाएको थियो । हामी जनताको अभिमतलाई शिरोधार्य गरेर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका थियौँ ।
हाम्रो कारणले सरकार र संसदीय गतिविधिमा कुनै समस्या नहोस् र उहाँहरूले निर्वाचनमा गरेको बाचाअनुसार काम गरेको देख्न पाइयोस् भन्ने हाम्रो चाहना थियो । सांसदले पूरा कार्यकाल काम गर्न पाएन, अस्थिरता निम्तियो, विकास अवरुद्ध भयो, हरेक ९र९ महिनामा सरकार बदल्ने अवस्थाले राजनीति विकृत भयो भनेर चरम निराशा एवं आक्रोस् थियो ।
हामी लामो बलिदानपछि संविधानसभामार्फत बनेको संविधान र त्यसैका आधारमा भएको निर्वाचनपछि देशमा स्थिरता एवं विकासले गति लिनुपर्छ भन्ने पक्षमा थियौ । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीभित्रको विवादपछि संविधानभन्दा माथि गएर २/२ पटक संसद् विघटन गर्नुभयो। आफ्नो पार्टी तत्कालीन नेकपालाई तीन टुक्रा बनाउनुभयो । जनता समाजवादीलाई तीन टुक्रा बनाउने बीउ रोप्नुभयो । यसले फेरि अस्थिरता निम्तियो ।
जनताको बलिदानको जगमा निर्मित संविधान र त्यसले स्थापित गरेको स्थिर संसद्, संघीयता, समावेशी लोकतन्त्र, अग्रगामी परिवर्तनलाई खलबल्याउने र फेरि देशलाई पश्चगमनमा फर्काउने प्रयत्न गर्नुभयो । तर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधव कुमार नेपाल, झलनाथ खनाल पक्षधर नेताहरू, जसपा लगायत पार्टीहरूको अगुवाइमा आम जनतासहितको समर्थनमा त्यो प्रयत्न सफल हुन दिएनौ ।
संविधानको रक्षा, स्थायी शान्ति र समृद्धिको मूलभूत लक्ष्यका साथ अग्रगामी शक्तिहरूको गठबन्धन बनाएका छौँ । संविधान नमान्ने, पछिल्ला उपलब्धि उल्ट्याउनुमै आफ्नो भविष्य देख्ने, संसद्को पटक पटक हत्या गर्ने, अरूको अस्तित्व नस्विकार्ने, सहमति, सहकार्य र एकताको बाटोमा हिँड्न नचाहने त्यो प्रतिगमनकारी शक्ति अहिले पनि पराजित भएको छैन ।
फेरि पनि टाउको उठाउने सम्भावना बाँकी नै छ । त्यसको नेतृत्व एमाले, राप्रपालगायतका शक्तिले गरिरहेका छन् । करिब दुइतिहाईको सरकार बनाउने तर त्यसलाई पाँच वर्ष चलाउन नसक्ने, संसदमा ठूलो पार्टी हुने तर त्यसलाई पटक पटक विघटन गर्नेरु जनताले तिनै शक्तिलाई फेरि किन जिताउने रु यस कारण २०६२/०६३ सालको परिवर्तनका मुख्य घटक, संविधानसभा, गणतन्त्र र संघीयता पक्षधर अग्रगामी शक्तिहरू एक ठाउँमा छौ।
हिजोका कमजोरीलाई सच्याउँदै जनताको विकास र समृद्धिको चाहनालाई इमानदारीताका साथ सम्बोधन गर्ने संकल्पसहित काँग्रेसबाट म (प्रतिनिधिसभा), विक्रम धामी (प्रदेश क) र नेकपा माओवादी केन्द्रबाट (प्रदेश ख) मानबहादुर धामीजी चुनावमा आएका छौ । यसर्थ अग्रगमनकारी दार्चुलेली जनताको अभिमतले हामी विजयी हुनेछौँ ।
प्रतिक्रिया