बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक प्रबल दाबेदार

बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक प्रबल दाबेदार


ग्लोब नेपाल
54
Shares

काठमाडौं । बेलायतको कन्जरभेटिभ दलको नेतृत्व दौडबाट अलग रहने घोषणा बोरिस जोनसनले गरेपछि पूर्वचान्सलर ऋषि सुनक सोमबार ब्रिटेनको प्रधानमन्त्रीको रूपमा छनौट हुने सम्भावना प्रवल देखिएको छ ।

पूर्वचान्सलर ऋषि सुनकअहिले प्रधानमन्त्रीको दौडमा अगाडी देखिएका बीबीसीले जनाएको छ । प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले निर्वाचन लड्नका लागि आवश्यक १०० सांसदहरूको समर्थन जुटाइसकेकी छैनन्।

बीबीसीका अनुसार सेप्टेम्बरको निर्वाचनमा पराजित भएका सुनक अक्टोबर महिनासम्म आइपुग्दा प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका हुन् । पेनी मोर्डन्टले सोमबार अपराह्नसम्म आफ्नो समर्थकहरूको दस्ता खडा गर्न नसके सुनकको जीत सुनिश्चित हुनेछ।

जे जस्तो भएपनि यो हप्ताको अन्त्यसम्ममा ब्रिटेनले नयाँ प्रधानमन्त्री पाउनेछ।