लन्डन । ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्दैछन् । उनी हिन्दूहरुको महानपर्व दिपावलीको दिन बेलायतको कन्जर्भेटिप पार्टीले सुनकलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।
यही वर्षको ६ जुलाईमा ऋषि सुनकले बोरिस जोन्सनको सरकारबाट अर्थमन्त्रीको हैसियतमा राजीनामा बुझाएका थिए । उनको राजीनामापछि अन्य केही मन्त्रीले पनि राजीनामा बुझाएका थिए । अन्ततः जोनसनले पनि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भए ।
ऋषि सुनकको जन्म १२ मइ १९८० मा इग्ल्यान्डको साउथहेम्टनमा भएको थियो । सुनकका पिता यशवीर डाक्टर थिए । आमा उषा सुनक फर्मासिस्ट थिइन् । यशवीर र उषा पूर्वी अफ्रिकाबाट सन् १९६० को दशकमा बेलायत पुगेका थिए, तर उनीहरुको थातथलो भारतको पञ्जाव थियो । आमा–बुवाका तीन सन्तानमध्ये ऋषि जेठो छोरा हुन् ।

ऋषिले आफ्नो हिन्दू पहिचानलाई जहिले आत्मसात गरिरहेका छन् । उनी कहिलेकाहिँ मन्दिर पुगेर धार्मिक कार्यक्रममा सहभागी बन्छन् । सन् २०२० मा जब उनी अर्थमन्त्री भए त्यसबेला उनले गीता छोएर सपथ लिएका थिए ।
ऋषि सुनकले गाईको पूजा गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो निक्कै चर्चित भएको थियो । सन् २०२० मा नै उनी आफ्नो घरको बाहिर दियो बालिरहेको देखिन्थ्यो । ऋषि आफूलाई ‘प्राउड अफ हिन्दू’ भन्ने गरेका छन् ।
ऋषिको बाल्यकाल साउथहेम्टनमा बितेको थियो । वैदिक सोसाइटी मन्दिर साउथहेम्टनमा हिन्दू समुदायको एउटा विशाल मन्दिर छ, जसको संस्थापकमा ऋषिको परिवारसमेत सामेल थियो । ऋषिको बाल्यकाल यही मन्दिर वरपर बितेको थियो । उनले त्यहीबाट हिन्दू शिक्षा हासिल गरेका थिए ।


प्रतिक्रिया